इजिप्टकी विश्वविख्यात नारीवादी लेखिका र महिला क्रान्तिकारी नवाल एल सादवीको ८ चैत २०७७ (२१ मार्च २०२१) मा ८९ वर्षको उमेरमा निधन भयो । तिनको निधनले अरबको नारीजगत्मा मात्रै होइन, विश्वभरिकै नारी आन्दोलनमा तरंग ल्याएको छ । नेपाल र दक्षिण एसियामा अहिले नारी आन्दोलन गर्नुपर्ने आवश्यकतामाथि लगभग आम सहमति तयार भइसकेको अवस्थामा यी विख्यात नारी अधिकारकर्मीको जीवन, यिनका दर्शन र कर्मबारे थोरै भए पनि चर्चा हुनैपर्छ भनेर यो लेख लखिरहेको हुँ । एल सादवीका ५० वटा किताब धेरैजसो अरबी भाषामा लेखिएका छन् । तर, केही किताब अंग्रेजीमा अनुवादित भएर व्यापक पढिएका छन् ।
स्पेनी फ्लुको महामारीले दक्षिण एसियाली क्षेत्रमा लाखौं मानिसले ज्यान गुमाइरहेको बेला थियो । त्यो अवस्था अहिलेको कोभिड महामारीभन्दा अझ उग्र र भयावह थियो । सन् १९१८ मा बम्बै–ज्वरोको नामले प्रख्यात त्यस इन्फ्लुएन्जाले विभाजनपूर्वको भारतमा झन्डै १ करोड ८० लाख मानिसको ज्यान लिएको थियो ।
भाषाका अप्रिय र भ्रामक प्रयोग आज मानिसका निम्ति ठूला समस्या भएका छन् । यो समस्या वैश्विक भए पनि म यस छोटो लेखमा नेपालमा भाषाका अप्रिय, अभद्र, अवाञ्छित र अनर्गल प्रयोगले अहिले हामी नेपालका मानिस घायल भएका छौं भन्ने विषयमाथि चर्चा गर्न चाहन्छु ।
यो लेख तयार पारेको बेलासम्मको नागरिक आन्दोलनले क्रमशः उठाउँदै गएको प्रसङ्ग छ यहाँ । इतिहासले भुलेका विषयलाई उठाउनुपर्छ भनेको छ, यो आन्दोलनले । उठ्तै जानेछन् । हिजोका बृहत् आन्दोलनको बहसको केन्द्रमा राजनीतिक दलहरू थिए । तिनको पुनरुत्थान गर्नु, तिनलाई दलको आकार दिनु र एउटा संविधानभित्र राखेर तिनलाई देश र जनताको सेवा गर्ने जिम्मा दिनु ती आन्दोलनहरूको मुख्य लक्ष्य थियो ।
अहिले नेपालमा धेरैजसो समस्या राजनीतिसँग गाँसिएका छन् । पछिल्लो समयमा आएको समस्या भनेको नेपाली दलहरूले इतिहासलाई कसरी व्याख्या गर्छन् र कसरी त्यसलाई हेर्छन् भन्ने नै हो । यस लेखमा नेपाली कमिनिस्ट पार्टीका समस्याको प्रसङ्ग छ ।
हृषिकेश शाह (१९८२–२०५९) को आज मलाई सम्झना भएको कारण अहिलेको राजनीतिमा कमिनिस्ट पात्रहरूमा देखिएको उथलपुथल हो, किनकि इतिहासकार, प्राज्ञिक अनि राजनीतिक चिन्तक शाह नेपाली कमिनिस्ट राजनीतिलाई सिद्धान्तभन्दा नेताका चरित्र र स्वभावबाट हेर्थे । म उनलाई शाहजी भनेर सम्बोधन गर्थें । उनीसँग मेरो लगभग दुई दशकको सम्बन्धलाई फर्केर हेर्दा देखेका कुरा यस्ता छन् । शाहजी कमिनिस्टहरूका सिद्धान्तभन्दा तिनका पत्यारिला व्यक्तित्व छन् कि छैनन् भनेर हेर्थे भन्ने कुरा पछि थाहा हुँदै गयो ।
यो लेखको शीर्षकमा प्रयोग भएका तीनैवटा शब्द नेपाली होइनन् । यिनका प्रयोग यसरी भए– प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा ५ पौस २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो गणतान्त्रिक संसद् भङ्ग गरेपछि उठेका चक्रवातका धूलोले आँखा मिचेर बसेको अवस्थामा त्यसलाई व्यक्त गर्न उपयुक्त भाषिका खोजिरहेको थिएँ ।
कलाकार चन्द्रमान मास्केलाई सम्झिने बलियो सन्दर्भ परेकाले यो लेख लेख्न लागेको छु । भर्खरै ‘सिर्जना’ कला पत्रिकाको निम्ति कलाकार नवीन्द्रमान राजभण्डारीको प्रस्तावमा ‘इन्टर्फेस अफ नेपाली आर्ट एन्ड लिटरेचर’ शीर्षकमा एउटा लेख लेखेर बुझाएको सन्दर्भ छ । त्यसमा मैले एउटा कुरा भेटेको लागेको छ । कलकत्तामा उन्नाईसौं शताब्दीका अन्तिम वर्षदेखि बीसौं शताब्दीका सुरुका दशकसम्म कलाकार ईबी हाभेल र अवनीन्द्रनाथ ठाकुरको नेतृत्वमा कलामा पूर्वीयवादी आन्दोलन र शिक्षा चलेको थियो ।
नेपाली महिलाको राजनीति अहिले के भयो भन्ने प्रश्न साधारणजस्तो प्रतीत भए पनि लाग्छ, जटिल बन्दै गएको छ । जहाँ राजनीतिको कलेबर लाउके पुरुषहरूका कुण्ठा र महत्त्वाकांक्षाले स्तर नपुगेको आधुनिक चित्रकलाजस्तो दुरूह बन्दै गएको छ, त्यहाँ यो प्रश्न मनमा उठ्नु स्वाभाविक हो ।
गोपालप्रसाद रिमाल (१९८४–२०३२) एक जना कवि र नाटककारको नाम हो । केही रमाइला वर्णनमा गोपालप्रसाद रिमालको शब्द–चित्र यस्तो खिच्छन् शंकर लामिछाने दाइ, ‘ठूलो टाउको, प्रशस्त निधार, ज्योतिला आँखा, गोरो, परिपुष्ट लक्का जवान थियो ऊ त्यस बेला । म मरन्च्याँसे, छ्वाके, १४–१५ को अपरिपक्व । आकर्षण कतापट्टि थियो त्यो लाटोले पनि बुझ्ने ।’ तर, दिनदिनै प्रकट हुँदै गएको छ, गोपालप्रसाद रिमाल भन्नु एउटा युगको नाम रहेछ ।