सिंहदरबारमा विशाल नाट्यमञ्च थियो, जहाँ राणा प्रधानमन्त्री र भारदारहरूले पारसी नाटक हेर्थे । बालकृष्ण समले दरबारिया परिवेशको पर्खाल भत्काएर नाटक बाहिर ल्याए ।
बालापनका स्कुले बिदाहरूमा म आफैंले लेखेका गीतहरू गाउँदै निर्धक्क बरालिएँ । तेह्रथुम म्याङलुङ बजारको हाटमा कमिनिस्ट पार्टीले बनाएका मञ्च चढेर ‘बेटरी’ हालेको माइकमा गीत गाउँथे । मेरो गीत सुन्न मानिसको भीड लाग्थ्यो । मैले गीत गाएर जम्मा भएको भीडलाई उबेलाका कमिनिस्ट नेताहरूले भाषण गरेर सम्बोधन गर्थे । यसरी बिदाका बेला म व्यापक व्यस्त हुन्थें ।