मञ्चला झा

मञ्चला झाका लेखहरु :

सही बाटो समाउने समय

महोत्तरीकी ती बहिनीले एकाबिहानै फोनमा भनिन्, ‘दिदी, सबै बर्बाद भो ! अब कसरी गुजारा होला ?’ उनको भनाइको तात्पर्य बुझ्न बेर लागेन । पछिल्लो भेटमा ती बहिनीले गाउँको एक साहूसँग चर्को ब्याजमा ऋण लिएर श्रीमान्लाई खाडी मुलुक पठाएको सुनाएकी थिइन् । एक वर्ष नहुँदै श्रीमान् वैदेशिक रोजगारीबाट फर्किनुपर्ने खबरले उनलाई मानौं विक्षिप्त बनाएको छ । घरमा दुई लालाबाला तथा पक्षाघातपीडित ससुराको पालनपोषणको चिन्ता त छँदै छ, त्यसमाथि साहूको ऋण ! ? 

एउटा भाइरस र सामाजिकता

‘हूलमूलमा जीउ जोगाउनू, अनिकालमा बीउ जोगाउनू’उखानको सान्दर्भिकता अहिले विश्वव्यापी भएको छ । कोरोना भाइरसबाट अहिले मानव जाति आक्रान्त छ । के शक्तिसम्पन्न के गरिब, सबै मुलुक त्राहिमाम् छन् ।

आयोगमा अलमल, न्यायमा अन्योल

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गत चैत मसान्तयता पदाधिकारीविहीन छन् । २०७५ माघ २६ को आयोगको संशोधित ऐनमा नयाँ पदाधिकारी नियुक्त गरी पुनर्गठन गर्ने र दुई वर्षको कार्यकालमा बाँकी काम सक्ने उल्लेख छ ।

महिला र बालबालिका पीडितका पीडितै

जुनसुकै मुलुकमा जेसुकै कारणले भएका द्वन्द्वमा महिला र बालबालिका सबभन्दा बढी प्रभावित भएका छन् । प्रथम र दोस्रो विश्वयुद्धकालमा महिलालाई यौनतुष्टि पूरा गर्ने साधनका रूपमा प्रयोग गरिएदेखि उक्त प्रवृत्ति निरन्तर चली नै रहेको छ । अहिले पनि यौनजन्य हिंसा र बलात्कारलाई द्वन्द्वको रणनीतिक हतियारका रूपमा अपनाइने प्रचलन प्रायः सबै मुलुकमा देखिन्छ ।

सत्य निरूपणमा संशय

२०७१ माघ २७ मा गठित सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद आउँदो २६ गते सकिँदैछ । दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर प्रकृत्तिका मानव अधिकार उल्लंघनका घटनालाई सम्बोधन गर्न आयोग गठन गरिएको हो । आयोगको दोस्रोपटक थपिएको म्याद सकिनलाग्दा संक्रमणकालीन न्यायको बहस फेरि घनिभूत भएको छ ।