दमननाथ ढुंगाना

दमननाथ ढुंगानाका लेखहरु :

संकटमा आमूल परिवर्तन

२००७ सालपछिको नेपालको अग्रगामी राजनीतिक परिवर्तनका प्रवृत्तिहरूमध्ये मोटामोटी रूपमा केही मुख्य हुन्- पटकपटक राजनीतिक परिवर्तन हुनु, एउटा परिवर्तनलाई अर्को परिवर्तनले बढारिदिनु, आन्दोलनपिच्छे नयाँ संवैधानिक प्रबन्ध हुनु, ढिलोचाँडो त्यसलाई पनि अर्को संविधानले उडाइदिनु, एक समयको अग्रगामी राजनीतिक परिवर्तनले निरन्तरता नपाउनु, निर्बाध राष्ट्र विकास–निर्माण पथको अपरिहार्य पूर्वाधार - राजनीतिक स्थायित्व - अवरुद्ध हुनु, निहित स्वार्थप्रेरित विविध शक्तिकेन्द्रको चुरीफुरीमा राजनीतिक दलहरू तथा नेतृत्व अनुसार इमानजमान घटीबढी हुने गरी लटपटिइरहनु ।

समाजवादका प्रतिबद्ध नायक

मानिसको आयु बढेको छ । खास रोगले नच्याप्दासम्म कोही पचहत्तर वर्षमै बितिहाल्ला जस्तो लाग्दैन । तर दुःख–वियोगको कुरा, माननीय प्रदीप गिरिका हकमा यो लागू भएन । उहाँ यति छिटो हाम्रा बीचबाट बिदा भइहाल्नुहोला भन्ने केहीअघिसम्म पनि कसैको कल्पनामा थिएन ।

फागुन ७ : सर्वोपरि राष्ट्रिय दिवस

लिखित संविधान र राजनीतिक दल आधुनिक युग तथा राज्यका मुख्य चरित्र मानिन्छन् । यस्तै, आधुनिक राज्य विकासक्रममा एक किसिमको संविधानसभाबाट सन् १७८७ मै संविधान घोषणा गरेर आधुनिक युगमा प्रवेश गर्ने विश्वकै पहिलो राष्ट्रको श्रेय संयुक्त राज्य अमेरिकालाई प्राप्त छ । संसद्भित्रैबाट राजनीतिक दलको क्रमिक विकास गरेर संसदीय सर्वोपरिताको सन्देशसमेत प्रवाहित गर्ने मुलुक भने संसदीय प्रजातन्त्रको जननीका रूपमा सम्मानित संयुक्त अधिराज्य (बेलायत) हो ।

अनास्था र अस्थिरताको लामो छाया

हाम्रो नेपालको राजनीतिको आधारभूत चरित्र तथा समस्या के हो ? यो किन स्थिर, गतिशील, प्रगतिशील तथा सन्तुलित हुन सकिरहेको छैन ? हामी नेपालीले मानव अधिकारसम्मत राष्ट्र तथा मर्यादित नागरिक जीवनका लागि संघर्ष तथा बलिदान धेरै गरेका हौं, तैपनि देश बनाउन सकिरहेका छैनौं, किन ?

संवैधानिक सरकारको हक

कुन देशमा कस्तो संविधान छ भन्ने एउटा विषय हुन्छ भने त्यसकै अर्को पक्ष हुन्छ— जुन देशमा जति बेला जस्तो संविधान आधिकारिक रूपमा प्रचलनमा रहेको हुन्छ, त्यहाँ त्यति बेला सोही संविधानअनुरूप गठित सरकारलाई मात्र वैध अथवा संवैधानिक मान्यताको हकदार सरकार मान्ने गरिन्छ ।