१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

प्रदीप गिरि

प्रदीप गिरिका लेखहरु :

यथेच्छसि तथा कुरु !

राजधानीमा गत साता एउटा उल्लेखनीय आयोजना भयो । भारत संस्कृति केन्द्रको कुनै कार्यक्रममा महाराजा कर्ण सिंह आउनुभएको रहेछ ।केही समयअघि मेरो मित्र गोपालप्रसाद दुलालले कर्ण सिंहको आत्मकथा नेपालीमा अनुवाद गर्नुभएको थियो । मैले दिल्ली गएको मौका पारेर कर्ण सिंहलाई यस कुराको जानकारी दिएको थिएँ । कुरैकुरामा मैले उहाँलाई त्यस पुस्तकको लोकार्पणका निमित्त काठमाडौं आउन आमन्त्रित गरें । आखिर परिबन्दले गर्दा उहाँ आफै यता आउने हुँदा उक्त पुस्तकको लोकार्पणको चाँजो मिल्यो । १५ फरवरी २०१४ का दिन उक्त पुस्तकको लोकार्पण गरियो ।

भूपू समाजवादी र असली समाजवाद

रवर्ट अवेनदेखि कार्ल मार्क्स हुँदै बीपी कोइरालासम्म आइपुग्दा समाजवाद विमर्शले समाजको प्रत्येक पक्षलाई आलोकित गरेको छ । पुँजीवादी उत्पादन मानवीय प्रक्रिया होइन । उत्पादनका निमित्त उत्पादन यस व्यवस्थाको बाध्यता हो । तथाकथित विकासको अन्धवेगमा हिजोसम्म मानिस उत्पादनको एउटा निरीह पुर्जा थियो । आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा अब त्यो पनि रहँदैन ।

‘अथातो ब्रह्म जिज्ञासा’

ठ्याक्कै ५२ वर्ष भएछ । जुँगाको रेखी पनि नबसेका एक किशोरले मलाई प्रश्न गरेका थिए– त्यसो भए समाजवाद भनेको के हो त ? ती किशोरको नामसमेत किशोर नै थियो । उनले आफैंले ‘झुत्रे’ उपनाम रोजेका थिए । अब उनी झुत्रे रहेनन् । ‘नेपाल’ को उपाधि छ । झुत्रे हुँदा उनले राखेको प्रश्न भने नेपाल भैसक्दा पनि अनुत्तरित छ । हामी दुवै त्यस दिन भद्रगोल जेलमा सँगै टहलिँदै थियौं  ।

शुष्क शास्त्र र हरियो राजनीति

नेपालका राजनीतिक दलहरु एकपछि अर्कोले आफ्ना महाधिवेशनहरु सम्पन्न गर्दैछन् । बुद्धिजीवीहरुले पार्टीको अधिवेशनमा कहीं कसैले पनि विचारधारा, नीति र कार्यक्रमलाई महत्व दिएन भनेर चिन्ता व्यक्त गर्दैछन् । प्राध्यापक कृष्ण खनाल एक सुपचिरित प्राज्ञ हुनुहुन्छ, राजनीतिशास्त्री हुनुहुन्छ । तर उहाँको परिचय त्यत्तिमा मात्र सीमित छैन ।