१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

विप्लव भट्टराईं

विप्लव भट्टराईंका लेखहरु :

सुन ठगी गरेको आरोपमा पक्राउ

सुन सफा गरिदिने बहानामा ठगी गरेको भन्दै प्रहरीले इलामबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहार सुल्तानपुरका ४९ वर्षीय केशव शाह रहेका छन् ।

देशको अवस्था जीवनकालकै असामान्य : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था जीवनकालकै असामान्य भएको बताएका छन् । इलाम सदरमुकाममा बिहीबार आयोजित कार्यक्रममा लिङ्देनले बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा फसेको बताएका हुन् ।

इलाममा मेडिकल कलेज खोल्न पहल

पूर्वी पहाडी जिल्लावासीलाई सहज उपचारका लागि इलाममा मेडिकल कलेज सञ्चालनका लागि पहल थालिएको छ । इलाम नगरपालिकाको अगुवाइमा मेडिकल कलेज स्थापनाका लागि नगर प्रमुख केदार थापा नेतृत्वको टोली राजधानी पुगेर प्रधानमन्त्रीसहित चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित संस्थामा कार्यान्वयनका लागि आग्रह गरेको हो ।

फस्टाउँदै सुपारी खेती

मेची राजमार्गको किटेनी खण्डबाट करिब ५ किलोमिटर पश्चिम छिरेपछि हराभरा कालीटार पुगिन्छ । अन्य क्षेत्रबाट खासै नदेखिने रोङ गाउँपालिका–४ को कालीटार क्षेत्रलाई हराभरा बनाउने मुख्य खेती हो सुपारी ।

इलामको रोङमा लोपोन्मुख लेप्चा भाषामा पढाइ सुरु

लोपोन्मुख लाप्चा जातिको भाषा संरक्षण गर्न रोङ गाउँपालिकामा लेप्चा भाषाको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गरिएको छ । गाउँपालिकाको आधारभूत तहमा उक्त भाषामा पाठ्यक्रम तयार गरिएको हो ।

इलाममा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको सनाखत

लगातारको वर्षापछिको पहिरोका कारण इलाममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको पहिरोले पुरिँदा ज्यान गएको छ । प्रहरीका अनुसार फाकफोकथुम ३ आम्चोकको सल्लेरीमा घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो ।