सुन ठगी गरेको आरोपमा पक्राउ- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन ठगी गरेको आरोपमा पक्राउ

विप्लव भट्टराईं

इलाम — सुन सफा गरिदिने बहानामा ठगी गरेको भन्दै प्रहरीले इलामबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहार सुल्तानपुरका ४९ वर्षीय केशव शाह रहेका छन् ।

सूर्योदय नगरपालिका २ बौद्धधामकी कल्पना तामाङको सुनको सिक्री, चाँदीको चम्चा र काँसको थाल सफा गर्ने बाहनामा ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप सुवेदीले जानकारी दिए ।

साहमाथि थप अनुसन्धान भइरहको उनले बताए ।


प्रकाशित : आश्विन २३, २०७९ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

देशको अवस्था जीवनकालकै असामान्य : अध्यक्ष लिङ्देन

विप्लव भट्टराईं

इलाम — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था जीवनकालकै असामान्य भएको बताएका छन् । इलाम सदरमुकाममा बिहीबार आयोजित कार्यक्रममा लिङ्देनले बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा फसेको बताएका हुन् ।


लोकतान्त्रिक गणतन्त्रका नाममा केही राजनीतिक दलहरुका कारण यो अवस्था आएको उनको भनाइ थियो । ‘हत्या, हिंसा, आतंक छैन, बन्द हड्ताल छैन देश कहाँ असामान्य छ भन्ने बुझ्नु होला,’ उनले थपे, ‘तर मु्लुक चरम भ्रष्टाचार, महँगी, बेरोजगारी, वैदेशिक हस्तक्षेपका कारण समस्यामा परेको छ ।’

उनले छिमेकी मान्ने तर हस्तक्षप नसहने धारणा राखे । आगामी निर्वाचनमा सधैं सत्तामा रहने दलहरुको विकल्प खोज्न मतदातालाई उनको आग्रह थियो । धेरैजसो युवा शक्ति वैदेशिक रोजगारमा रहेको र देशमा जेष्ठ नागरिक र भएका युवाहरु पनि दलका पछाडि लागेकाले समस्या अझ थपिँदै गएको उनको तर्क थियो । अध्यक्ष लिङ्देनले विदेशी शक्तिहरु कुन दललाई विजयी गराउ भन्ने योजनामा पनि लागेको आरोप लगाए ।

प्रकाशित : भाद्र ३०, २०७९ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×