केही दिनअगाडिको कुरा हो । नेपाल सरकारका उच्चपदस्थ केही व्यक्तिसहित एउटा सानो जमघटमा हामी छलफल गर्दै थियौं । विषय थियो- देशमा शिक्षाको गुणस्तर किन सुध्रिन सकेन ? अचानक एक महानुभावले भन्नुभयो, ‘हेर्नुस्, आफ्ना त दुई छोरा छन् । एउटालाई काठमाडौंको राम्रो स्कुलमा महिनाको ३० हजार तिरेर पढाइ दश जोड दुई पास गरेपछि अस्ट्रेलिया पठाइदिएँ ।
भनिन्छ, संसारमा एउटै मात्रै तत्त्व स्थिर छ र त्यो हो— परिर्वतन । हरेक चीज जन्मिदै पनि छ र योसँगै निरन्तर परिर्वतन र मृत्युको शृंखला पनि पछि लागेको छ । यथार्थताको यो अनुभूति आजभन्दा २५०० वर्षभन्दा अगाडि बुद्धमा थियो । त्यस्तै यो संसारमा कुनै पनि तत्त्व एक्लो रहन सक्दैन, यो अन्य तत्त्वसँग गहिरो अन्तरसम्बन्धमा जेलिएको हुन्छ भन्ने पनि बौद्ध चिन्तनको एक प्रमुख अंग हो ।
आर्थिक विकासका क्रममा सामान्यतया अर्थतन्त्रको संरचनामा व्यापक परिवर्तन हुन्छ । राष्ट्रिय उत्पादनमा कृषिको योगदान घटेर जान्छ भने, गैरकृषि क्षेत्रमा विशेषतः उद्योगको योगदान वृद्धि हुन्छ । यसबाट सेवा, यातायात, घरजग्गा तथा अन्य आधारशिला निर्माणका क्षेत्रमा बढोत्तरी देख्न पाइन्छ ।
केही दिनअगाडि जुम्लाका मेरा नजिकका मित्र बिर्खबहादुर कठायतसँग भेट भयो । बिर्खजी राप्रपा जुम्लाका नेता मात्र नभएर स्याउ खेती गर्ने किसान पनि हुन् । उनले ३ सय बोट स्याउ लगाएका छन् । स्वभावतः मैले सोधें, ‘यसपालि स्याउ खेतीबाट राम्रै फाइदा भयो होला । स्याउको मूल्य पनि एकदमै बढेको छ ।’ यो सुनेपछि उनले निराश स्वरमा भने, ‘हामी स्याउ किसानहरूका लागि स्याउ नफले पनि दुःख, फले पनि दुःख ।’
केही दिनअगाडि एउटा विवाहभोजमा गफगाफका क्रममा एक मित्रले अहिलेको भूराजनीतिक परिस्थितिलाई लिएर एउटा अफ्रिकी उखान सुनाए, ‘हेर्नुस्, जब दुइटा हात्तीहरू लड्छन्, पाइलामुन्तिरको घाँसले सबभन्दा ठूलो दुःख पाउँछ ।’ कुरो स्पष्ट थियो । आजको तनावग्रस्त विश्वमा दुइटा हात्तीबीच संघर्ष हुने एउटा ठाउँ नेपाल बन्ने र हामी हात्तीका पाइलामुनि घाँसको स्थितिमा पुग्ने त होइन भन्ने चिन्ता नेपालीका मनमा पर्न थालेको छ, नेपालका सत्ताधारीहरूको व्यवहारका कारण ।
हालै एउटा राष्ट्रिय छापामा लेखिएअनुसार, यो आर्थिक वर्षका दस महिनासम्म पुँजीगत खर्च ३० प्रतिशत मात्र भएको छ । यसको मतलब, अब विकास बजेट खर्च गर्ने हो भने जेठ र असारमा मात्र प्रतिमहिना ३५ प्रतिशत खर्च गर्नुपर्नेछ ।
युक्रेनलाई लिएर रुस र अमेरिकाबीच तनाव बढ्दै गएको छ । एक लाखभन्दा बढी रुसी सैनिक युक्रेनको सिमानामा छन् र सैनिकको संख्या अझ बढेर एक लाख पचहत्तर हजार पुग्ने अन्दाज गरिएको छ । तर युक्रेनमा रुसले हमला गरे त्यसलाई अमेरिकाले दुई तरिकाले प्रतिकार गर्ने स्पष्ट छ । पहिलो, युक्रेनलाई हतियारको सहायता र रुसले युक्रेन कब्जा गरे पनि त्यसविरुद्ध छापामार युद्ध लड्न हतियार र स्रोतसाधन दिने । दोस्रो, रुसलाई संकटमा पुर्याउने । रुसलाई संकटमा पार्न अमेरिकाले आर्थिक नाकाबन्दीका विभिन्न उपाय अपनाउन सक्छ । यीमध्ये एउटा मुख्य कदम अमेरिकाको प्रभावमा रहेको अन्तर्राष्ट्रिय भुक्तानी व्यवस्थामा रुसको प्रवेश रोक्नु हुनेछ । युक्रेन प्रकरण यो तहमा पुग्यो भने त्यसपछि विश्वशान्तिमा के होला, भन्न गाह्रो छ ।
चीन र भारतको आर्थिक विकास द्रुत गतिमा भइरहेको छ । भारतको आर्थिक विकासबारे एक पटक कुरा गर्दा मेरा पुराना मित्र डा. विजय केलकरले भनेका थिए, ‘प्रकाश, अब भारतमा विकासको फर्मुला बोतलमा थुनिएको छैन । यो बाहिर निस्किसक्यो । अब कसैले रोक्न सक्तैन ।’