हालसम्मका सरकारी कामकारबाहीले नेपालमा ‘हुकुमी शैली’ सुरु हुन थालेको झझल्को दिन्छ । प्रधानमन्त्री वालेन्द्र शाह समयमै राजनीतिक जोखिमवादबाट सतर्क हुनु जरुरी छ ।
देशको प्रधानमन्त्री हुन आँट गर्ने व्यक्तित्वले जनतासँग दोहोरो संवाद गर्न नचाहनु अधिनायकवाद प्रधान देशका लागि सुहाउँदो मनस्थिति र मोडेल हुन सक्ला तर खुला प्रजातान्त्रिक समाजका लागि भने पाचनयोग्य हुँदैन ।
हामी संघर्ष क्षेत्र अर्थात् कन्फ्लिक्ट जोनमा छौं । यस क्षेत्रका प्रभावशाली तीन मुख्य पात्र हुन्– चीन, भारत र अमेरिका । उनीहरूको चासोमा नेपालको राष्ट्रिय स्वार्थको परिप्रेक्ष्यमा सौहार्दपूर्ण व्यवस्थापन हाम्रो अगाडिको चुनौती हो । यो काममा नेपाल चुक्नु हुँदैन ।
राज्य केन्द्रीकृत र सीमित समूहको कब्जामा रहने र राष्ट्रभित्र रहेका अन्य समूहहरूको सहभागिता न्याय र समावेशिताका आधारमा नहुने हो भने राज्य र राष्ट्रबीच सामञ्जस्यता रहँदैन र देश अस्थिर र कमजोर हुँदै जान्छ।