हामी नदी प्रणालीमा कालीगण्डकीको गरिमा र महिमा विशिष्ट छ । तिब्बती सीमाबाट बग्दै आउने कालीगण्डकी केवल समुद्र छुन बग्दैन । बग्दै–बग्दै मध्य–तराई सुक्खा हुनबाट बचाउँछ, आफूमै आश्रित तटीय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउँछ ।
नदीको समग्र वातावरण–प्रभाव मूल्यांकन गरेर कार्ययोजना बनाएर विकास गर्नुपर्नेमा बतासे विज्ञ भर्ना गरेर सिंगो नदीको बहाव छेक्ने/थुन्ने, ढुंगा, गिट्टी, बालुवाको दोहन भइरहेको छ