मनप्रसाद वाग्ले

मनप्रसाद वाग्लेका लेखहरु :

वाह बालेन शाह ! यस्तै हुन्छन् जनताको सेवक ?

वैशाखमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पुराना दलका उम्मेदवारलाई भारी मतले पराजित गरे । पुराना दलको विरासत भत्काउँदै जितेका शाहप्रति महानगरबासीले ठूलो भरोसा थियो । उनले महानगरवासीले दु:खकष्ट भोगिरहेका खास क्षेत्रमा उनले सुधार गर्लान् भन्ने अपेक्षा थियो । तर उनले कार्यभार सम्हालेको ८ महिना बितसक्दा खासै सुधारका संकेत देखिएका छैनन् ।

शिक्षालय कि यातना शिविर ?

विद्यार्थीलाई नैतिक आचरण तथा आनीबानी सुधार्ने बहानामा शिक्षकले विद्यार्थीमाथि निर्मम कुटपिट गर्ने घटनाहरु बढेका छन् । यस्ता घटनाहरु पटकपटक भएपनि सम्बन्धित निकायले यातना दिने पक्षलाई उचित कारबाही गरेको पाइँदैन । कतिपय घटनामा बालबालिकालाई शारीरिक र मानसिक रुपमा घात पर्ने गरी सजाय दिइएका छन् ।