जगदीश्वर पण्डे

जगदीश्वर पण्डेका लेखहरु :

सहकार्य बढाउन नेपाली टोली उज्वेकिस्तानमा

दक्षिण एसियाबाट नजिकै भए पनि नेपालले मध्य एसियाबाट महत्त्वपूर्ण फाइदा लिन सकेको छैन । कूटनीतिक सम्बन्ध स्थापना भए पनि मध्य एसियाली मुलुक र नेपालले दूतावास खोलिसकेका छैनन् ।

रकेटले लाग्ला कि भन्‍ने डर छ : राजदूत शाक्य [अन्तर्वार्ता]

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमास समूहले सोमबार राति इजरायलका विभिन्न सहरमा रकेट आक्रमण गरेपछि दुई मुलुक बीच द्वन्द्व बढेको छ । प्यालेस्टाइनविरुद्ध इजरायलले पनि कडा प्रतिक्रिया दिइरहेको छ । जसको कारणले गर्दा दुवैतर्फ मानवीय क्षति भएका छन् । दुई मुलुक बीचको द्वन्द्वका कारण इजरायलमा रहेका नेपालीहरुलाई अहिले दिनरात बिताउन गाह्रो भइरहेको छ ।

‘सगरमाथा संवाद’ कोप–२६ अघि गर्ने तयारी

कोभिड–१९ का कारण स्थगित ‘सगरमाथा संवाद’ कार्यक्रम जलवायु परिवर्तनलाई लिएर बेलायतमा हुने कोप–२६ अघि नै गर्न सरकारले तयारी थालेको छ । नेपालसहित विश्वका विभिन्न मुद्दालाई अन्तर्राष्ट्रिय तहमै वैचारिक छलफल गर्न परराष्ट्र मन्त्रालयले सगरमाथा संवादको थालनी गर्न लागेको हो ।

द्वन्द्वका बेला मानवअधिकार उल्लंघनका गम्भीर विषयहरुमा पूर्ण रुपमा आममाफी हुँदैन: परराष्ट्र मन्त्री ज्ञवाली  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले द्वन्द्वको समयमा भएका मानवअधिकार उल्लंघनका गम्भिर प्रकृतिका विषयहरुमा पूर्ण रुपमा आममाफी नहुने बताएका छन् । 

नेपाल र ओमानबीच भिसा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता

नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी बाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ । 

भारतीय विदेश मन्त्रालयले भन्यो- बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका छैन

भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको- 'बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।'

सीमावर्ती नेपालीको छैन विवरण

सीमावर्ती क्षेत्रमा बस्ने नेपालीको एकीकृत विवरण सरकारले अहिलेसम्म संकलन गरेको छैन । भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण र दुर्व्यवहार रको मारमा बारम्बार पर्दै आएका उनीहरूलाई लक्षित गरेर कुनै कार्यक्रम पनि सरकारले ल्याएको छैन ।

अप्ठेरो पर्दा नेपाल सरकारले भूमिका खेल्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण विदेशमा रहेका नेपालीलाई अप्ठेरो पर्दा नेपाल सरकारले भूमिका खेल्ने बताएका छन् ।

चीनका लागि नवनियुक्त राजदूत पाण्डे भन्छन् - 'राष्ट्रियहितलाई केन्द्रविन्‍दुमा राखेर काम गर्छु'

राष्ट्रपति विद्यादेवि भण्डारीले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गरेकी छन् ।

चीनले नेपाललाई सामग्री उपलब्ध गराउँछ: राजदूत होउ

चीनले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि नेपाललाई आवश्यक सामग्री उपलब्ध गराउने बताएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार सञ्चारकर्मीहरूलाई लिखित अन्तर्वार्ता दिँदै चीनको केन्द्रीय सरकारले नेपाललाई साम्रगी उपलब्ध गराउने बताएकी हुन् ।