तारालाल श्रेष्ठ

तारालाल श्रेष्ठका लेखहरु :

विवश बाँदर विज्ञहरू

गोंगबुमा बाँदरपीडित किसान भेला हुँदै छन् है’, हालैको एक बिहान एउटा म्यासेज आयो । नागरिक सरोकार अभियानकर्मी पनि बाँदरपीडित किसानसँग मिलेर संघर्ष गर्ने भन्दैथिए । माइतीघर मण्डला, शान्तिबाटिका पीडित आन्दोलनकारीले भरिभराउ छन् । बाँदरपीडित पनि काठमाडौं आउँदै रहेछन् । बाँदर बहसको विषयले मलाई ‘नोस्टेल्जिया’मा पुर्‍यायो । 

साइकलको समाजशास्त्र

विश्व साइकल दिवसको संघारमा साइकल हाँकिहिँड्दा मनमनै प्रश्न गर्छु– जुन देशमा राष्ट्रिय साइकल दिवस मनाइन्न त्यस देशमा अन्तर्राष्ट्रिय साइकल दिवस मनाउनुको मतलब के ? एक सामाजिक वैज्ञानिक प्राध्यापकले भुइँतहबाट हाँकेको समाजशास्त्रीय अभियानलाई संयुक्त राष्ट्रसंघले कसरी विश्व साइकल दिवसको मान्यता दियो ?

रातो मत्स्येन्द्रनाथ : कालो ब्यानर

याकःमिसा मिथक कीर्तिपुर बाघभैरव फल्चामा एक अजा मलाई हेरेर मुस्कुराउनुभयो । मैले टुटेफुटेको नेपालभाषा (नेवार भाषा) मा ‘जानय् धुन ला ?’ (खाना खानुभयो) भनेर सोधेँ । उहाँ मसँग सहज किसिमले बोल्नुभयो । कीर्तिपुरकी याकःमिसा (एक्ली केटी) र करुणामय रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति प्रतिस्थापनपछि समुदाय नेवाः समुदाय विभाजित छ । कतिपय भन्छन्, ‘प्रतिमूर्ति हटाउनैपर्छ ।’

साइकल संस्कृतिको सपना–विपना

पाटन चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानका रेक्टर प्राध्यापक पवन शर्माको साइकल संस्कृति र प्रकृतिप्रति समर्पण देख्दा हामी साइकल साथीहरू सधैं उहाँसामुन्ने पग्लन्छौं । सुविधाभोगी भीडभन्दा पृथक् प्राध्यापक पवनले एउटा आलेख इमेल गर्नुभएछ । उक्त आलेख मभन्दा पनि हाम्रा प्रधानमन्त्रीले पढ्नुपर्ने खालको रहेछ । यसर्थ, उक्त अङ्ग्रेजी आलेखको सारसत्व नेपाली सन्दर्भसहित प्रधानमन्त्रीसम्म पुर्‍याउनु यस स्तम्भको मूल अभीष्ट हो ।