१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

विनोद सिजापती

विनोद सिजापतीका लेखहरु :

युक्रेनी प्रतिरक्षा शक्तिको अर्थ

एक वर्ष नाघिसक्दा पनि रुस तथा युक्रेन युद्ध टुंगो लाग्ने लक्षण देखा परेको छैन । यसबीच विभिन्न चरणमा मिन्स्क (बेलारुस) तथा इस्तानबुल (टर्की) मा भएका शान्ति वार्ता परिणामविहीन रहे ।

निर्वाचन परिणामको सदुपयोगको सवाल

आम निर्वाचन–२०७९ देशका निम्ति सर्वाधिक खर्चिलो भएको अनुमान छ । नागरिकले तिरेको तिरो अर्थात् सरकारमार्फत भएको खर्च, वैदेशिक सहयोग तथा उम्मेदवारहरूले गरेको सम्पूर्ण खर्च जोड्दा अर्बौं उडेको हुन सक्छ । खर्च रकममध्ये ठूलो हिस्सा संघीय प्रतिनिधिसभाको रहेको अनुमान गरिन्छ ।

राष्ट्रिय व्यवस्थापन क्षमतामा खडेरी

पाँच दशकपूर्व । प्रसाई सदन, कोपुण्डोल, ललितपुर । शेरबहादुर देउवा तथा रामशरण महतको साथ लागेर म सीके प्रसाई (भरतबाबु) निवास पुगेको थिएँ । देउवा र महतले भर्खर एमए सक्नुभएको थियो भने म पाटन कलेजमा बीए अन्तिम वर्षको विद्यार्थी थिएँ ।

भासिँदो अर्थतन्त्र, मासिँदो लोकतन्त्र

सञ्चारमाध्यमहरूले राजनीतिक दलहरूको गिर्दो लोकप्रियताका बारेमा चर्चा–परिचर्चा गर्दै आएका छन् । राजनीतिक नेतृत्वको गिर्दो लोकप्रियताले अर्थतन्त्र तथा लोकतन्त्रमा पारेको दुष्प्रभावको उठान गर्नु यस आलेखको उद्देश्य हो । 

संकट ढुकेर बस्ने कि टारिहाल्ने ?

अहिले देशको आर्थिक अवस्था कस्तो छ भने, राजस्व (कुत) ले सरकारीे खर्चको दुईतिहाइ मात्र पूर्ति हुन्छ । खाद्य पदार्थको आवश्यकताको दाँजोमा आन्तरिक कृषि तथा कृषिजन्य उत्पादन अपर्याप्त भइरहेकै छ । राष्ट्रले आयातित वस्तुका निम्ति गर्ने खर्चको दाँजोमा निर्यात व्यापारबाट गर्ने आर्जन रकम १० प्रतिशत हाराहारी हुने गर्छ । अर्थात्, विदेशी मुद्रा १०० खर्च गर्दा देशले लगभग १० मात्र आर्जन गर्दै छ । यो क्रम चलिरहँदा वर्षौंदेखि व्यापार घाटा चुलिँदै गएको छ । राष्ट्रिय राजस्वका प्रमुख स्रोत भन्सार तथा मूल्य अभिवृद्धि कर हुन् । अर्थात्, राजस्वको सम्बन्ध आयात व्यापारसँग बलियो गरी गाँसिएको छ । राजस्व आयात बढे बढ्छ, घटे घट्छ ।

जवाफदेहीविहीन बजेटको निरन्तरता

तीन दशक पहिले, राजा महेन्द्रको बयान गर्ने क्रममा पूर्वअर्थमन्त्री डा. यादवप्रसाद पन्तले सुनाउनुभएको घटनाबाट कुराको थालनी गर्छु । नारायणहिटी दरबारमा राजासामुन्ने आर्थिक वर्ष २०१८–१९ को बजेट प्रस्तुत गर्न तत्कालीन दुई सचिव - अर्थसचिव डा. पन्त र आर्थिक योजना मन्त्रालयका सदस्यसचिव भेषबहादुर थापा - हाजिर भएका थिए ।

राष्ट्र दुई, व्यथा एक 

बुद्ध वाज बोर्न इन नेपाल’ नारा घन्कँदाघन्कँदै थपियो— ‘रामचन्द्रको जन्मभूमि नेपाल’ । हाल चर्चामा छ, नेपाली चेली जानकी (सीता) हरण गर्ने रावणको राज्य श्रीलंका । त्रेतायुगको स्वर्णपुर श्रीलंका कलियुगमा टाट पल्ट्यो । त्यहाँको सरकारले वैदेशिक ऋणको भुक्तानी रोकेको छ । विदेशी मुद्रा भण्डार रित्तो छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधि, कागजजस्ता अत्यावश्यक सामग्रीको आयात ठप्प छ ।

ठगिनु नै हाम्रो नियति हो ?

‘लेखेको पाइन्छ, देखेको पाइँदैन’ भन्ने भाग्यवादी उक्तिमा मलाई विश्वास लाग्दैनथ्यो । मिहिनेत, परिश्रम रइमानदारीले भाग्य निर्धारण गर्छ भन्नेमा अगाध विश्वास थियो । तर अब यो विश्वास धर्मराउन थालेको छ । कारण, भुइँमान्छेहरू ठगिइरहनु । सम्पन्नले विपन्नलाईठगेर शक्ति आर्जन गर्ने र अझ बढी शक्तिशाली हुने प्रवृत्ति देशव्यापी भएको छ ।

हामीले तिरेको कर कहाँ जान्छ ?

अधिकांश नेपाली नागरिकले आमाको गर्भमा प्रवेश गरेदेखि मृत्युवरण भएको तीन पुस्तापछिसम्म पनि सरकारलाई कर (तिरो, कुत) तिरिराख्छन् । जीवनकालमा औसत नेपालीले कति तिरो बुझाउँछन् ? गरिबीको रेखामुनि रहेका नेपालीले सरकारलाई बर्सेनि कति तिरो तिर्छन् ? नेपाली अर्थशास्त्रीहरूको नजरमा पर्न नसकेका विषय हुन् यी सबै ।