२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

नरहरिनाथ साक्षर घोषणा

कालीकोट — नरहरिनाथ गाउँपालिका जिल्लाकै पहिलो साक्षर स्थानीय तह बनेको छ । ‘सीप सिकौ, उद्यम गरौ, साक्षर बनौं’ अभियान संचालन गरेको गाउँपालिकामा १५ देखि ५९ वर्ष उमेर समूहका १६ हजार ३ सय ५० मध्ये ८ हजार २ सय २ पुरुष र ८ हजार १ सय ४८ महिलालाई साक्षरताका १२ वटा सूचक पूरा गरेर एक औपचारिक कार्यक्रमका साथ बिहीबार साक्षर गाउँपालिका घोषणा गरिएको हो । 

नरहरिनाथ साक्षर घोषणा

९८ दशमलव २८ प्रतिशत बासिन्दा साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको शिक्षा शाखाका प्राविधिक सहायक अनिता भट्टले बताइन् । उनकाअनुसार नरहरिनाथ कालीकोटका ९ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी जनसंख्या भएको पालिका हो ।

साविकको लालु, माल्कोट, कुमालगाउ, कोटवाडा र रुप्सा गरी ५ गाविस मिलेर बनेको नरहरिनाथ गाउँपालिकाले यसअघि नै आधारभूत तहमा शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना गरेर अनिर्वाय तथा आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका घोषणा गरिसकेको छ ।

शिक्षाविद् विद्यानाथ कोइरालाको सहजीकरणमा शिक्षा योजना बनाएको छ भने बालबालिकाको घरमा पठनपाठन सहज गर्न अभिभावकलाई पढाई कुना पनि निर्माण गर्न लगाएको छ । यहाको वडा ३ लाई एक घर एक पढाई कुना सुनिश्चित वडा घोषणाको तयारी पनि भइरहेको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । योगी नरहरिनाथको जन्मथलो पनि यही हो । कालीकोटको जिल्ला साक्षरता समन्वय समितिको निर्णयअनुसार ०८० भित्रै सबै स्थानीय तहलाई साक्षर घोषणा गर्ने भनिएको थियो । समितिले यसै आर्थिक वर्षभित्र जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य छ । नरहरिनाथमा एक क्याम्पस, १० माध्यमिक विद्यालय, ३८ आधारभूत विद्याल्य र ४२ वटा बालविकास केन्द्र छन् भने ५ वटा सामुदायिक सिकाई केन्द्र छन् ।

प्रकाशित : चैत्र १, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?