कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

नारायणकाजी श्रेष्ठको प्रश्न : प्रसारण लाइन एमसीसीअन्तर्गत हो कि अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव ?

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

नारायणकाजी श्रेष्ठको प्रश्न : प्रसारण लाइन एमसीसीअन्तर्गत हो कि अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव ?

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । नेता श्रेष्ठले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रसारण लाइन निर्माण अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएकोमा प्रश्न गरेका थिए ।

उक्त योजना एमसीसी योजनाअन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा अर्थमन्त्रीले आफैंले प्रस्ताव राखेका हुन् भन्नेबारे उनले सरकारसँग जवाफ मागेका थिए । नेता श्रेष्ठले एमसीसी परियोजनाअन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले प्रसारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव हो वा एमसीसी परियोजना अन्तर्गत भनेर यसबारे सरकारले स्पष्ट पार्नुपर्ने भन्दै जवाफ मागेका थिए ।

पूरा पढ्न : नारायणकाजी श्रेष्ठको प्रश्न : प्रसारण लाइन एमसीसीअन्तर्गत हो कि अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव ?

प्रकाशित : जेष्ठ १७, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?