२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

रौतहटमा विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

शिव पुरी

रौतहट — रौतहटका विभिन्न स्थानमा विद्युत् लाइन सप्लाई भएकै अवस्थामा उपकरणको सहायताले पोलबाट तार काटेर ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटमा विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

प्रहरीले गिरोहका नाइकेसहित ४ जनालाई पक्राउ गरी उनीहरूको साथबाट विभिन्न समानहरू बरामद गरेको छ । उनीहरूलाई जिल्ला प्रहरीले सोमबार सार्वजनिक गरी अनुसन्धानसमेत थालिसकेको छ ।

जिल्लाका विभिन्न स्थानमा रहेको विद्युत्‌को पोलमै चढेर ट्रान्सफर्मरलगायत सामान चोरीमा संलग्न गरुडा नगरपालिका ६ पोठियाहीका अशोक साह, कटहिया नगरपालिका १ भसेढवा गाउँका रामलाल महतो, वीरेन्द्र राय र सुखल महतोलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

‘विद्युत्‌मा लाग्ने तामाका विभिन्न किसिमका तारलगायत अन्य आवश्यक सामान झिकेर चोरी गरेको घटना बढ्न थालेपछि हामीले गहिरिएर अनुसन्धान थालेका थियौं । पटक-पटक एकै प्रकृतिका घटना दोहोरिँदै जान थालेपछि गिरोह पत्ता लगाउने काम भयो,’ उनले भने, ‘जिल्लाका विभिन्न खुल्ला तथा एकान्त ठाउँमा जडान गरिएका ट्रान्सफर्मरहरू चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएका छौं ।’

प्रकाशित : असार १८, २०८० २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?