१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

भलिबल संघ र केल्मेबीच सम्झौता

काठमाडौँ — नेपाल भलिबल संघ (एनभीए) र खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी केल्मेबीच सम्झौता नवीकरण भएको छ । बिहीबार संघले केल्मेससँग सम्झौता गरेको हो ।

भलिबल संघ र केल्मेबीच सम्झौता

नेपाल भलिब संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मेका कन्ट्री डाइरेक्टर प्रदीप न्यौपानेले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अध्यक्ष चन्दका अनुसार भलिबल संघले केल्मेसँग तीन वर्षका लागि प्रायोजना सम्झौता गरेको हो । सम्झौताअनुसार केल्मेले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सीलगायत खेल सामग्री उपलब्ध गराउने छ ।

केल्मेले तीन वर्षमा करिब १ करोड रुपैयाँबराबरको खेल सामग्री भलिबल संघलाई उपलब्ध गराउने जनाइएको छ । सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सीलगायतको खेल साम्रग्री व्यवस्थापनमा भोग्दै अएको समस्या र झन्झटबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दले बताए ।

केल्मेका कन्ट्री डाइरेक्टर प्रदीप न्यौपानेले भलिबल संघसँग औपचारिक रूपमा नयाँ सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले केल्मे र नेपाल भलिबल संघबीचको यो सम्बन्ध १०–२० वर्षसम्म लम्बिँदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यावसायिक बनाउने विश्वास व्यक्त गरे ।

सम्झौतापछि केल्मीले १ सय नेट र ४ सय बल संघलाई प्रदान गर्ने अध्यक्ष चन्दले बताए । उक्त खेल सामग्री नेपालको भलिबल विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका क्लब, प्रदेश र जिल्लालाई प्रदान गरिने अध्यक्ष चन्दले जानकारी दिए ।

प्रकाशित : चैत्र १५, २०८० २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?