२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

काठमाडौँ — डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । जेठ १० गतेबाट यार्सा संकलन कार्य सुरु गर्ने निर्णय भए पनि लुकिछिपी यार्सा टिप्न पाटन जाँदै गरेका ७४ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटिएपछि पक्राउ गरेर जनही २ हजारका दरले  जरिवाना गरेर फिर्ता पठाएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय वरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले जानकारी गराए ।

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

उनका अनुसार अवैध बाटो प्रयोग गरी निकुञ्ज क्षेत्रमा यार्सा टिप्न जाने गरिएको छ ।

अधिकृत श्रेष्ठका अनुसार अनुमतिबिना कोही कसैलाई यार्सा टिप्न पाटनतर्फ जान नदिएको र लुकिछिपी यार्सा जानेलाई फेला पारेको खण्डमा पक्राउ गरी सम्झाइबुझाई गरी नियमबमोजिम दण्ड जरिवाना गरेर फिर्ता पठाउने गरिएको छ । यार्सा चोर्ने व्यक्तिलाई नियन्त्रण नगरेमा पछि अनुमति लिएर जाने संकलककर्तालाई घाटा लाग्ने, दुःख हुने निकुञ्जले जनाएको छ ।

डोल्पामा जेठ १० बाट यार्सा संकलन कार्य सुरु गर्ने सर्वदलीय निर्णय भएपछि विभिन्न गाउँबस्तीबाट स्थानीय यार्सा भएको क्षेत्रतर्फ जान थालिसकेका छन् । कम हिमपात र खडेरीले गर्दा यो वर्ष डोल्पामा कम यार्सा पाइने वरिष्ठ निकुञ्ज अधिकृत श्रेष्ठको भनाइ छ ।

डोल्पाका डोल्पूबोध गाउँपालिका, छार्काताङसुङ गाउँपालिका, काइके गाउँपालिका, जगदुल्ला गाउँपालिकालगायत क्षेत्रको ३२ स्थानमा यार्सा पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।


प्रकाशित : वैशाख २५, २०८१ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?