२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ (श्याम) लाई मन्त्री नियुक्त गरेका हुन् ।

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

दुवै जना यसअघि पनि अधिकारी नेतृत्वमा नै मन्त्री बनेका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई सोमबारै पाेखरा सभागृहमा पद तथा गाेपनियताकाे शपथ गराएका छन् ।

सुन्दासले सामाजिक विकास र वेदबहादुरले उर्जा, जलस्राेत तथा खानेपानी मन्त्रीको रुपमा शपथ लिएका छन् । यसअघि सीताले आर्थिक मामिला र बेदबहादुरले कृषि मन्त्रालयले सम्हालेका थिए ।

गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयसहित सात मन्त्रालय छन् । चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले साेही दिन माओवादीका हरिबहादर चुमान र स्वतन्त्र सांसद राजिव गुरूङ उर्फ दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका थिए ।

हाल चुमानले आर्थिक मामिला र गुरूङले भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयकाे जिम्मेवारी समालेका छन् । उधाेग, पर्यटन, वन तथा वातावरण र कृषि तथा भूमि व्यवस्था मन्त्रालयकाे जिम्मा भने मुख्यमन्त्री आफैँले लिएका छन् ।

आइतबार मात्रै गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए । सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको मतलाई नै बहुमत घोषणा गरेपछि विवादमा तानिएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्चमा रिट दायर गर्न सोमबार काठमाडौं पुगेका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?