२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

पोखरा — गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । सभामुख कृष्णप्रसाद धितालले ३० मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

आइतबार अपराह्न बसेको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गर्दै अधिकारीले सरकारले सिद्वान्त र प्राथमिकता, नीति कार्यक्रम र बजेट ल्याउने समय भएकाले सबैलाई विश्वासको मतका लागि अनुरोध गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बजेट बनाउने बेला जहिल्यै सरकार परिवर्तन हुनु गलत रहेको बताए । 'सरकार गठनमै रूमलिँदा बजेट, कार्यक्रम कसरी राम्रा हुन्छन्,' उनले भने ।

सरकार गठनविरूद्ध अदालतमा परेको रिट खारेज हुनु गलत रहेको बताउँदै उनले कुनै न कुनै बेला सो निर्णय अदालत सच्याउन बाध्य हुने बताएका छन् । 'सर्वोच्चले सच्याउँछ । सच्याउनै पर्छ । यदि सच्चिएन भने न्याय मर्छ । न्याय बचाउन पनि अदाफत बाध्य हुन्छ,' उनले भने ।

कांग्रेसलाई नजरअन्दाज गरेर अगाडि बढे साढे ३ वर्ष संसद् चल्न नदिन उनले चेतावनी दिएका थिए । सभामुखलाई दलीय नभई तटस्थ बस्न उनको अनुरोध थियो ।

माओवादी संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले स्थायित्वको लागि सबैले विश्वासको मत दिनुपर्ने बताए ।


प्रकाशित : वैशाख २३, २०८१ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?