कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

कास्की — कास्की प्रहरीले पोखराको लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीवार पोखरा महानगरपालिका–१८ सराङकोटका ३९ वर्षीय राजु नेकेट भन्ने नरबहादुर विकलाई पक्राउ गरेको हो ।

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एक व्यक्ति पक्राउ

पोखरा महानगरपालिका–२४ लेकसाइडको बाँस्कोटस्थित बन्दै गरेको ३० वर्षीय दिपक गिरीको घरमा अटोमिटक पेस्तोल र एक राउण्ड गोली लुकाईछिपाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । उनका अनुसार बाग्मती प्रदेश ०३३ प १६३३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

उनीविरुद्ध बिहीबारै जिल्ला अदालत कास्कीमा हातहतियारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका विक यसभन्दा अघि पनि डाँका चोरी, लुटपाट, गुण्डागर्दी र लागूऔषधसहित विभिन्न १३ वटा मुद्दामा संलग्न छन् । राजु नेकेट नामले चिनिएका नरबहादुरका १३ वटा मुद्दा दर्ता भइसकेका छन् ।

प्रहरीको तथ्यांक अनुसार २०८० कार्तिक २२ मा जिल्ला प्रहरी कार्यालयमा चोरी तथा डाँकाको मुद्दा चलेको थियो । यस्तै, २०७९ मंसिर ११ मा लागूऔषधको मुद्दा, २०७७ फागुन २८ मा तनहुँ जिप्रकामा अभद्र व्यवहारमा मुद्दा, २०७७ कार्तिक १६ मा जिप्रका स्याङ्जामा अभद्र व्यवहार, २०७१ माघ ८ मा कास्की प्रहरीमा चोरी मुद्दा, २०७१ माघ ११ मा लागुऔषध सम्बन्धी, २०६७ भदौ ६ मा केही सार्वजनिक अपराध, २०६७ असार ६ मा चोरी मुद्दा, सोही असार २ मा चोरी मुद्दा, २०६६ चैत २६ मा केही सार्वजनिक अपराध, २०६६ साउन १९ मा लागूऔषध सम्बन्धी मुद्दा, २०६५ चैत २६ मा केही सार्वजनिक अपराध र २०६२ चैत ९ मा केही सार्वजनिक अपराध मुद्दा चलेको एसपी थापाले बताए ।

प्रकाशित : वैशाख १३, २०८१ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?