कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

महाँकालमा प्रकाश स्मृति भलिबल सुरु

काठमाडौँ — हेटौंडा उपमहानगरपालिका र माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति वाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा सफलता पाएका छन् ।

महाँकालमा प्रकाश स्मृति भलिबल सुरु

ललितपुर महाँकाल गाउँपालिकास्थित महाँकाल माविको कोर्टमा शनिबार सुरु प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । हेटौंडाले आयोजक महाँकाल गाउँपालिकालाई २५–२०, १९–२५, १५–७ ले र माडीले बेथानचोक गाउँपालिकालाई २५–२१, २२–२५, १६–१४ ले हराए ।

आयोजक कमिटीकी संयोजक डोल्मामाया गोलेले यस प्रतियोगिताले नेपाली भलिबलको विकासमा टेवा पुग्नुका साथै महाँकाल क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री दाहालका छोरा प्रकाश र छोरी ज्ञानीको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको हो । वैशाख २५ सम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीले १ लाख रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् ।

लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताका १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली क्वाटरफाइनलमा प्रवेश गर्ने राष्ट्रिय रेफ्री श्रीराम बोगटीले जानकारी दिए ।

प्रकाशित : वैशाख २२, २०८१ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?