२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

तनहुँमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सम्झना रसाइली

तनहुँ — १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऋषिङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बालिका बलात्कार आरोपमा ऋषिङ–७ का झुलबहादुर थापालाई पक्राउ गरेको हो ।

तनहुँमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

गाउँपालिकास्थित ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापाले गत साउन ३१ गते बालिकालाई उनकै घरमा गई बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक अवधेश विष्टले जानकारी दिए ।

बालिका बलात्कारको घटना सार्वजानिक भएपछि मिलापत्रका लागि गाउँपालिकाका जनप्रतिनिधिको रोहबरमा बैठकसमेत बसेको बताइएको छ । उक्त बैठकमा आरोपितले घटनाको मिलापत्रका लागि पीडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रस्ताव गरे पनि पीडित परिवारले मिलापत्रमा सहमत नभई थापाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।


प्रकाशित : भाद्र १२, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?