२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

कोशीमा एमाले र माओवादीले मागे प्रदेशसभाको निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी

पर्वत पोर्तेल

विराटनगर — कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरुले प्रदेश सभाको विशेष अधिवेशनको निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी दिन माग गरेका छन् । सत्तारुढ एमाले र माओवादी केन्द्रका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफलपछि प्रदेशसभाको वैशाख ६ र ७ गते बसेको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिने निर्णय गरेको थियो ।

कोशीमा एमाले र माओवादीले मागे प्रदेशसभाको निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी

बुधबार एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेशसभा सचिवालयमा निवेदन पेश गर्दै सो निर्णय कार्यान्वयन भए/नभएको अवस्थाबारे जानकारी मागेका हुन् । उनीहरुले सो बैठकको निर्णय कार्यान्वयन भए/नभएको अवस्थाबारे प्रदेश प्रमुखसमक्ष जानकारी गराई त्यसको प्रतिलिपि आफूहरुलाई समेत उपलब्ध गराउन माग गरेका छन् ।

'संविधानको धारा १८३ को (३) बमोजिम आव्हान भएको कोशी प्रदेश सभाको अधिवेशनको बैठक २०८१ साल बैसाख ६ र ७ गते बसी उक्त बैठकले मुख्यमन्त्री माननीय केदार कार्कीले बहुमत प्रदेश सभा सदस्यको समर्थन गुमाई अल्पमतमा पर्नु भएकोले २०८० साल चैत्र २६ गतेका मितिले नेपालको संविधानको धारा १८८ (२) बमिजिमको अवधि भित्र प्रदेश सभाबाट विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित भएको र सो अधिवेशनमा मुख्यमन्त्री ज्यूले विद्यासको मत लिन कुनै प्रस्ताव सभा समक्ष पेश नगर्नु भएको तथा बैसाख ७ गते नै अधिवेशन समाप्त भएको र सो अधिवेशनमा भएका निर्णयहरुको कार्यान्वयन भए/नभएको जानकारी माननीय प्रदेश प्रमुखज्यू समक्ष पठाइ सोको जानकारी हामी निवेदकलाई समेत उपलब्ध गराइदिनुहुन अनुरोध छ,' निवेदनमा उल्लेख छ ।

प्रकाशित : वैशाख २६, २०८१ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?