२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

तुम्लिङटारमा दुई सातापछि उडान

संखुवासभा — विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवाँलो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा २ सातापछि बुधबार उडान भएको छ । वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी १ किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।

तुम्लिङटारमा दुई सातापछि उडान

विमानस्थलमा उडानका लागि कम्तीमा ५ किलोमिटर वरपरको डाँडा देखिनु पर्छ । विमानस्थल खुलेपछि बुद्ध एयरको एटीआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै तुम्लिङटार सडक यातायातबाट जान नसकेका वृद्धवृद्धा र बिरामीलाई सहज भएको छ ।

प्रकाशित : वैशाख २६, २०८१ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?