कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । 

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

पछिल्लो समय सत्ता समीकरण बदलिएसँगै माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर बीचमा राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने शीर्ष नेताहरूबीच सहमति भएको बताइएको छ ।

गठबन्धनमा एकीकृत समाजवादी सहभागी नहुँदै फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताले ८ बुँदे सहमति सार्वजनिक गरेका थिए ।

त्यतिबेला चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष/उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वनलगायत ८ बुँदे सहमति गरेका थिए । उक्त सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिने सहमति भए पनि फागुन २९ को सहमतिमा भने उक्त कुरा राखिएको थिएन ।

प्रकाशित : चैत्र १५, २०८० १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?