कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

३५ प्रतिशत लाभांश वितरण गर्दै सूर्यज्योति

काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले मर्जरको एक वर्ष पुरा गरेको हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको हो ।

३५ प्रतिशत लाभांश वितरण गर्दै सूर्यज्योति

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले ०७९ पुस ७ मा संयूक्त कारोबार सुरु गरेको थियो । सूर्यज्योतीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गरेकोभन्दै सबैलाई धन्यवाद दिए ।

सुर्यज्योतीले सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ४५४ करोड रुपैयाँ छ । जीवन बीमाकोष ३२ सय करोड र कुल लगानी ३७५० करोड रुपैयाँ छ । कुल नेटवर्थ ७५६ करोड रुपैयाँँको छ । कम्पनीले १७८ शाखाहरु मार्फत सेवा दिँदै २८ लाख बीमालेख जारी गरिसकेको छ ।

प्रकाशित : वैशाख १३, २०८१ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?