‘कारा’ माथि अन्तरसंवाद

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपन्यास ‘कारा’ माथि शनिबार काठमाडौंमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

‘कारा’ माथि अन्तरसंवाद

उपन्यासमाथि सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल रपूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले टिप्पणी गरेका थिए ।

कारा उपन्यासमात्र होइन, यो सुशीला कार्कीले देख्नुभएको नेपाली जनजीवनको यथार्थ पनिहो,’ कार्यक्रममा बोल्दै न्यायाधीश मल्ललेभनिन्, ‘उहाँले आफूले देखेभोगेका घटनाहरुलाई जसरी लेखनमा उतार्न सक्नु भएको छ, त्यसले यो उपन्यासलाई निकै सजीव र रोचकबनाएको छ ।

प्रजातान्त्रिकआन्दोलनको पृष्ठभूमिको कारामार्फत् कार्कीले नेपाली कारागारभित्र देखिने फरकजीवनकथाहरुलाई उपन्यासमा समेटेकी छन् । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित पुस्तकमाथिको अन्तरसंवादमा बोल्दैपूर्वडीआइजी खरेलले प्रहरी सेवामा छँदा अनुभव गरेका केही घटनाको झल्को आफूलेकारामा पाएको उल्लेख गरे । एउटा छुट्टै नेपालबुझ्न एकपटक कारा उपन्यास पढ्नुपर्ने हुन्छ,’ उनले पुस्तकको कथावस्तुमाथि प्रकाश पार्दै टिप्पणी गरे ।

'कारा' किताब पब्लिशर्सले प्रकाशन गरेको हो ।

प्रकाशित : पुस १९, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?