जब मस्तिष्कले अन्तरिक्ष सम्झियो...

अन्तरिक्ष भनेपछि तिम्रो मस्तिष्कले के सोच्छ ? अझ त्यसलाई चित्रमा उतार्नुपर्‍यो भने तिमी के कोर्छौ ? हो, केही साथीले अन्तरिक्षलाई सम्झिएर चित्र कोरेका छन् र पुरस्कृत पनि भएका छन्  । सन्दर्भ हो, सातौँ राष्ट्रिय विज्ञान दिवस  ।

त्यस अवसरमा आयोजित तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा ललितपुरको लगनखेलस्थित क्याम्पियन स्कुल कक्षा ८ की सुयेन भट्टराई सबै प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम भएकी छन् । नेपाल ‘एस्ट्रोनोमिकल सोसाइटी’ आधारभूत शिक्षा लिइरहेका विद्यार्थीका लागि २०७४ सालदेखि बर्सेनि यस्तो प्रतियोगिता गर्दै आएको छ ।
यो वर्षको प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुल, लामाचौर, पोखरा की ७ कक्षामा अध्ययनरत आशिबा गुरुङ दोस्रो, द सेलिब्रेसन को–एड स्कुल, गोठाटार, काठमाडौंका ७ कक्षामा अध्ययनरत अमन बस्नेत तेस्रो भए भने पञ्चकन्या मावि छाउनी, काठमाडौंकी ८ कक्षामा अध्ययन सरिता रम्तेलले सान्त्वना पुरस्कार पाएका छन् । प्रथम हुनेलाई टेलिस्कोप, तक्मा र प्रमाणपत्र एवं दोस्रो, तेस्रो तथा सान्त्वनालाई तक्मा र प्रमाणपत्र प्रदान गरिने सोसाइटीले जनाएको छ ।

सुयेन भट्टराई, कक्षा : ८
क्याम्पियन स्कुल, ललितपुर

आशिबा गुरुङ, कक्षा : ७
गण्डकी बोर्डिङ स्कुल, पोखरा

अमन बस्नेत, कक्षा : ७
द सेलिब्रेसन को–एड स्कुल, काठमाडौं

सरिता रम्तेल, कक्षा : ८
पञ्चकन्या मावि, काठमाडौं

प्रकाशित : पुस २०, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?