२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नयाँ बुटवल सबस्टेसन निर्माणमा सम्झौता

काठमाडौँ — मिलेनियम च्यालेन्स एकाउन्ट–नेपाल (एमसीए–नेपाल) ले लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इन्डिया प्रालिलाई दिएको छ । एमसीए–नेपाल र उक्त कम्पनीबीच बिहीबार सम्झौता भएको हो । सबस्टेसन निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गरिने एमसीए–नेपालले जनाएको छ । 

नयाँ बुटवल सबस्टेसन निर्माणमा सम्झौता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा बिहीबार आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन, स्थानीय अधिकारी तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । ‘यो ४०० केभी सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो । यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेसनलाई सघाउनेछ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।

नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको अमेरिकी राजदूत थम्सनको भनाइ छ ।

प्रकाशित : वैशाख २८, २०८१ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?