बझाङमा ५० प्रतिशत हाराहारीमा मत खस्यो
बझाङ — बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं – १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । २९ हजार ७३८ मत खसेको प्रारम्भिक जानकारी प्राप्त भैसकेको र अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्राप्त विवरणअनुसार ४८.१६ प्रतिशत मत खसेको छ । सम्पूर्ण केन्द्रको विवरण प्राप्त भएपछि यो संख्या ५० प्रतिशत हाराहारी पुग्न सक्ने जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताए ।
मतदान अधिकृतहरु मतपेटीकाको सुरक्षित ढुवानीमा व्यस्त भएको र केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेकोले सम्पूर्ण विवरण आउन केही समय लाग्ने उनले बताए ।
शनिबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदानको समय दिइएको थियो ।
प्रतिक्रिया