१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

हुम्ला — यारी नाका भन्सार कार्यालय हिल्सामा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका यारी भन्सार कार्यालय हिल्सामा ६ महिनादेखि नहुँदा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको हो ।

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

कर्मचारी नहुँदा ६ महिनादेखि कार्यालयमा तला लगाइएको छ । ताक्लाकोटबाट ल्याइएको घरायसी तथा व्यापारिक सामानको भन्सार शुल्क बुझाउन खोज्नेले पनि कार्यालयमा कर्मचारी नभए पछि राजस्व नबुझाई मालसमान लग्ने गरेको सीमा प्रहरी चौकी हिल्साले जनाएको छ ।

एक जना नायब सुब्बा, एक जना खरदार र २ जना कार्यालय सहयोगीको दरबन्दी रहेको यारी भन्सार कार्यालयमा खरदारको दरबन्दी भएपनि विभागमै काज मिलाएर बस्ने भएकाले सरुवा भए पनि अहिलेसम्म कोही पनि हाजिर नभएको र कार्यालय प्रमुख नासु रामराज जैशी र कार्यालय सहयोगी ६ महिना अघि गत दसैंमा कार्यालयमा ताला लगाएर सदरमुकाम झरेपछि अहिलेसम्म कार्यालयको ताला नखुलेको हिल्साका स्थानीय पेमा तामाङले बताए ।

नाम्खा-१ हेप्काका स्थानीय व्यापारी मिम लामाले जनताले स्वतस्फूर्त रुपमा कर तिर्छु भन्दा पनि कर्मचारीका कारण तिर्न नपाइएको र सरकारलाई दैनिक राजश्व घाटा हुनु दुर्भाग्य भएको बताए ।

हिउँदको समयमा सामान आयात नहुने र वैशाख ३० गतेसम्म आफ्नो स्नातकोत्तरको परीक्षा चलिरहेकाले एक दुई दिनमा कार्यालय सहयोगीलाई पठाउने यारी भन्सार कार्यालयका प्रमुख नायब सुब्बा रामराज जैशीले बताए । बाहिर हल्ला आए जस्तो नाकाबाट अहिले भन्सार काट्नु पर्ने सामान आयात नभएको र कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी पूर्ति नभएको कारण राजश्व असुलीमा समस्या भइरहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २७, २०८१ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?