२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी छ : मन्त्री साह

काठमाडौँ — कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताएकी छन् ।

मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी छ : मन्त्री साह

बिहीबार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन्ट संघको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्धसमेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी रहेको बताएकी हुन् ।

मन्त्री साहले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको पनि बताइन् । उनले लेखा परीक्षकहरूको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको धारणा राखिन् ।

'हाम्रो देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ । तपाईंहरूको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको छ,' मन्त्री साहले भनिन्, 'आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी छ । यसबाट बनेको सम्बन्धहरुमा सुदृढ र नविन सम्बन्ध झनै राम्रो वातावरण तयार हुने गरेको छ ।’

मन्त्री साहले कुनैपनि देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाबको खर्चको प्रणालीको पारदर्शीता रहेको स्मरण गराइन् । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसबाटै हुने उनको भनाइ थियो । विकास निर्माणको नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव रहेको उनले बताइन् ।

प्रकाशित : वैशाख २७, २०८१ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?