२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

पर्यटकीय गन्तव्य बन्दै पाखेरी ताल

नवीन पौडेल

नवलपुर — केही वर्षअघिसम्म उजाड देखिने पुर्वी नवलपरासीको कावासोती १ हात्तीखोरको पोखरी ताल अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ । 

पर्यटकीय गन्तव्य बन्दै पाखेरी ताल

महाराजा धार्मिक वन तथा पोखरी ताल जलाशय निर्माण संरक्षण तथा उपभोक्ता समिति गठन गरेर अहिले पर्यटकीय क्षेत्रको पुर्वाधार विकास गरेपछि नांगो डाँडा हरियाली मात्र होइन, समितिको आयआर्जनको माध्यम बनेको छ । नवलपुर क्षेत्रमा सार्वजनिक स्थल र शान्त वातावरणको अभाव भएकाले पनि अहिले यहाँ आन्तरिक पर्यटक भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

ताल निर्माण, बाल उद्यान, मन्दिर तथा वनभोज स्थल, शान्त वातावरण भएकाले पर्यटकलाई आकर्षित गरेको छ । १० बिघा क्षेत्रफलमा फैलिएको स्थानमा जडीबुटीको वृक्षारोपण, बगैंचा निर्माण र वनभोज स्थलको लागि टहरा निर्माण भएको छ । यसलाई थप आकर्षक बनाउनका लागि तालको बीच भागमा मन्दिर निर्माण, सानो चिडिया घर, स-साना पोखरी, पानीको फोहरा र डुंगा सयरका लागि आवश्यक कामको तयारी भइरहेको पोखरी ताल जलाशय निर्माण संरक्षण तथा उपभोक्ता समितिका अध्यक्ष दर्शन भट्टराईले बताए । तर तालमा पानी नहुँदा डुंगा संचालन भएको छैन । पोखरी तालको नामले परिचित पर्यटकीय क्षेत्रमा नै तालमा पानी नहुँदा पर्यटकले डुंगा सयर गर्न पाएका छैनन् ।

पूर्व-पश्चिम राजमार्गको कावासोती फलफूल चोकबाट करिब ६ किलोमिटर उत्तरतर्फ महाभारत पर्वत श्रृंखलाको काखमा रहेको छ । यसलाई भविष्यमा चलचित्र सुटिङको खुला स्टुडियोको रुपमा विकास गर्ने स्थानीयको योजना छ ।

प्रकाशित : वैशाख ६, २०८१ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?