१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीको सपथ साँझ ५ बजे 

देउखुरी (दाङ) — लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीको बिहीबार बेलुका ५ बजे पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय बुटवलमा शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ७ जनालाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीको सपथ साँझ ५ बजे 

नवनियुक्त मन्त्रीहरु एमालेबाट एमालेबाट गुल्मी निर्वाचन क्षेत्र २ (२) का सांसद दिनेश पन्थी, कपिलवस्तु निर्वाचन ३ (१) का सांसद अर्जुन कुमार केसी, रुपन्देही निर्वाचन क्षेत्र ५ (१) का सांसद भूमिश्वर ढकाल र बाँके निर्वाचन क्षेत्र ३ (१) का सांसद रत्नबहादुर खत्री बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ती पाटीबाट दल नेता बर्दिया निर्वाचन क्षेत्र २ (२) सांसद धर्मबहादुर चौधरी र नेकपा एसकी रुपन्देहीकी भगवती अधिकारी र नवलपरासीका निर्वाचन क्षेत्र २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेत पनि बिना विभागीय मन्त्री बनेका हुन् ।

चैत २३ गते मुख्यमन्त्रीमा नियुत्त भएका महराले एमालेबाट अर्घाखाँची निर्वाचिन क्षेत्र १ (१) का सांसद तथा दल उपनेता चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रोल्पा निर्वाचन क्षेत्र १ (२) का सांसद माओवादीबाट दीपेन्द्रकुमार पुनलाई सरकारको प्रवक्तासहित स्वास्थ्य मन्त्रालय र जसपाका बाँके निर्वाचन क्षेत्र २ (१) का सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमी व्यवस्था मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले तोकेका छन् ।

सरकार प्रवक्ता पुनका अनुसार बिना विभागीय मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएपछि दुई/तीन दिनमा मन्त्रालयको जिम्मेवारी तोकिनेछ । लुम्बिनीमा अहिलेसम्म मन्त्रालयकाे संख्या ११ पुगेकाे छ ।

प्रकाशित : वैशाख ६, २०८१ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?