कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ढकाल वंशावली पुस्तक विमोचन

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाका बाह्रबिसे नगरपालिकाका ९ राम्चेका ढकाल समुदायले आफ्नो जाति र इतिहासको अध्ययनसम्बन्धी 'ढकाल वंशावली' पुस्तक बजारमा ल्याएका छन् । 

ढकाल वंशावली पुस्तक विमोचन

शनिबार नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष कुलबहादुर ढकाल र बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बाह्रबिसेस्थित ग्राण्ड रिसोर्टमा उक्त पुस्तक विमोचन गरे । सिन्धु साहित्यिक वाङ्मय प्रतिष्ठानका सल्लाहकार रहेका पूर्वउपप्राध्यापक तिर्थराज ढकाल र प्रमिला ढकालले ढकालबारे महिनौ खोज र अनुसन्धान गरेर पुस्तकको रुप दिएका हुन् ।

वैदिककालीन प्रसिद्ध ऋषि उपमन्युको आश्रयस्थल मानिने भारतको कान्यकुब्ज (कन्नौज) क्षेत्रबाट कुमाउ गढवाल हुँदै ढकाल पहिलो पटक नेपाल क्षेत्र प्रवेश गरेको पुस्तकमा लेखिएको छ । सम्पूर्ण ढकाल उपमन्यु गोत्रीय कान्यकुब्ज ब्राम्हणहरु भएको लेखक तथा खोजक तिर्थराजले पुस्तकमा उल्लेख गरेका छन् ।

खस आर्यकै समुदाय मानिने ढकाल थर भएकोबारे अनेक किस्सा र कथा पुस्तकमा उल्लेख छ । शैव सम्प्रदय मान्ने ढकालले आदिदेव महादेवको डमरुको पूजा गर्ने रे डमरुलाई संस्कृतमा ढक्क भनिन्छ । त्यही अप्रभंश भएर ढकाल भएको हुनसक्ने तर्क दिइएको छ ।

उस्तै भारतको हरियाणामा ढकाल भन्ने गाउँ भएकाले त्यहाँ बसोबास गरेर आएकोले ढकाल भनिएका विषय छन् । 'ढकाल वंशावाली' पुस्तक विमोचन कार्यक्रममा सिन्धु साहित्यिक वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका साहित्यकार रमेशप्रसाद पौड्याल, नविन पतझर, रामचन्द्र पौड्यालले आफ्नो रचना वाचन गरेका थिए ।


प्रकाशित : वैशाख १५, २०८१ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?