१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

सुन तोलामा आठ सय रुपैयाँ घट्यो

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ । 

सुन तोलामा आठ सय रुपैयाँ घट्यो

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भएकामा चाँदी आजका लागि एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : वैशाख २७, २०८१ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?