२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एक तोला सुन चोरी गरेर निलेपछि...

लक्ष्मी गौतम

पाँचथर — फिदिम नगरपालिका-२ की विष्णुमाया तामाङको दराजबाट हराएको एक तोला सुन चोरी भएको ३६ घण्टापछि फेला परेको छ । गत बुधबार राति फिदिम-१ का २८ वर्षीय सुरेन योङ्याले तामाङको घरबाट सुन र १५ हजार रुपैयाँ चोरी गरेका थिए । 

एक तोला सुन चोरी गरेर निलेपछि...

चोरी गरेर भाग्न नपाउँदै तामाङकै घरमा भेटिएका योङ्याले चोरीको सुन छिपाउन मुखबाट निलेका थिए । बुधबार राति खानतलास गर्दा उनको साथबाट नगदमात्रै बरामद भएको थियो । त्यसपछि एक्स-रे गरेर हेर्दा उनको पेटमा सुनजस्तो बस्तु देखिएको थियो ।

‘चोरी गरेको थाहा पाए लगत्तै स्थानीयले बाहिर निस्कन नदिई बाहिरबाट ढोकाको चुकुल लगाएर प्रहरीलाई खबर गरेका थिए । उनको शरिर खान तलासी गर्दा पैसा भटियो तर सुन भेटिएन,' घटनाबारे सुनाउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कश्वाहाले भने, 'उनको नाक, कान, मुख र मलद्वार सहित सम्भावित सबै अंग प्रत्यङ्गमा खानतलासी गर्दापनि नभेटिएपछि निलेको शंका लागेर एक्स–रे गर्दा भित्र पो देखियो ।’

शुक्रबार प्रहरीकै निगरानीमा योङ्याको दिसाबाट सुन निकालिएको छ । ‘पहिल्यै निलिसकेका रहेछन् । एक्स-रे गर्दा सुन पेटमै रहेको पुष्टि भएपछि हिरासतमा राखेर निगरानी गर्‍यौँ, ३६ घण्टा पछि दिसासँगै सुन पनि निस्कियो,’ कुश्वाहाले थपे ।

धोइपखाली गरेर पसलमा जोख्दा अलिकति पनि नघटेको उनले सुनाए । सुन निलेपनि योङ्याको स्वास्थ्यमा केही समस्या देखिएको छैन । योङया विरुद्व अनुसन्धान गर्दै प्रहरीले जिल्ला अदालतमा मुद्वा दर्ता गराएको छ । उनलाई आदलतले एक लाख पचास हजार रुपैयाँ धरौटी माग्दा बुझाउन नसकेपछि वैशाख २६ गते योङयालाई पुर्पक्षका लागि पाँचथर कारागार पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०८१ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?