१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

लोकतन्त्रमा बाँकी अपेक्षा

पाठक पत्र

भन्नलाई त सबै भन्छन् गर्छौं हामी भनी
निर्वाचनमा चर्का नारा लगाउँछन् पनि
आकाशैका जून–तारा झारौंलाझैं गर्छन्
ढुंगा, ढिस्का जे भेटे नि जुम्ल्या हात लाउँछन्

टोल घुम्छन् घरघरमा पर्चा पम्प्लेट बाँड्छन्
धूवाँधूलो उडाएर डाँडाकाँडा पुग्छन्
जब चुनाव हारजित हुन्छ मुखै देख्न गाह्रो
आफ्नो जमिन भुल्छन् यिनले सहर बन्छ प्यारो
हिजो सँगै हिँडेकाले बिर्सन पो थाल्छन्
देशवासीलाई कुहिएको झारपात जस्तो ठान्छन्
दल र नेता छेपारोझैं रङ बदल्छन् किन ?


कर्तव्य र जिम्मेवारी झ्याप्पै भुल्छन् किन ?
चल्दैन देश सदाकाल ढाँटछल मात्र गरी
फल्दैन फल समृद्धिको झूटको बीउ छरी
लोकतन्त्रमा अपेक्षा त अझै बाँकी छ
टुप्पी समाई यिनलाई लिकमा ल्याउनुपर्नेछ
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : वैशाख २७, २०८१ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?