२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कन्टेन्ट क्रिएटरलाई अपट्रेन्डलीको सम्मान

काठमाडौँ — मार्केटिङ प्लेटफर्म अपट्रेन्डलीले क्रिएटर अनर्स–२०२४ को दोस्रो संस्करण गर्ने भएको छ । अपट्रेन्डलीले यसपटक सोसल मिडियामा जीवनशैली, सौन्दर्य र फेसनसँग जोडिएका देशभरका क्रिएटर (सृजनकर्ता) मध्येबाट उत्कृष्टलाई सम्मान गर्ने भएको हो ।

कन्टेन्ट क्रिएटरलाई अपट्रेन्डलीको सम्मान

यसअघि गत माघमा खानपान तथा रेस्टुरेन्ट शैलीका कन्टेन्ट बनाई फेसबुक, इन्स्टा, युट्युबलगायत सामाजिक सञ्जालमार्फत उत्कृष्ट प्रदर्शन गर्ने देशभरका कन्टेन्ट क्रिएटरमध्ये उत्कृष्ट ७ जनालाई सम्मान गरिएको थियो ।

सनसिल्कसँगको सहकार्यमा हुन लागेको यस पटकको प्रतियोगिताबारे सोमबार कमलादीस्थित स्काइवाक टावरमा भेला गर्दै अपट्रेन्डलीका सीईओ मनायक कार्कीले यसको औपचारिक घोषणा गरे । आउँदो जेठ ३२ मा प्रतियोगिता हुने उनको भनाइ छ । यस संस्करणमा नेपालमा सौन्दर्य, फेसन तथा जीवनशैलीबारेका सामग्री

सिर्जना गर्ने क्रिएटरलाई सम्मान गरिने सीईओ कार्कीले बताए । ‘हामी क्रिएटर सम्मान पुरस्कार समारोहको दोस्रो संस्करण आयोजना गर्न पाउँदा उत्साहित छौं,’ सीईओ कार्कीले भने, ‘यो समारोह रचनात्मकता, नवीनता, सौन्दर्य, फेसन र जीवनशैली उद्योगमा दिगो प्रभाव पार्ने व्यक्तिहरूको योगदानको उत्सव हुनेछ ।’


प्रकाशित : वैशाख १९, २०८१ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?