कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’

काठमाडौँ — प्रदर्शनरत नेपाली फिल्म ‘महाजात्रा’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ मा समावेश ‘मुरी मुरी साथी’ मंगलबार सार्वजनिक गरिएको हो । 

‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’

सार्वजनिक गीतमा फिल्मका तीन पात्र फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रता देखाइएको छ । फिल्ममा उनीहरूबीच शृंखलाबद्ध रूपमा आउने उतारचढावसँगै झाँगिएको मित्रता प्रस्तुत गरिएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । हर्क साउदको शब्द र संगीत रहेको गीतमा कालीप्रसाद बाँस्कोटाले स्वर भरेका छन् ।

विपिन कार्की, रवीन्द्रसिंह र रवीन्द्र झासँगै वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरेको फिल्म चैत ९ गतेदेखि प्रदर्शन भइरहेको छ ।

फिल्ममा आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र संघर्ष देखाइएको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् ।



प्रकाशित : चैत्र १४, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?