उत्तर कोरियाले भन्यो– ग्वाममा मिसाइल आक्रमण गर्ने बारे विचार गरिँदै छ

राेयटर्स

उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग ग्वाममा मिसाईल आक्रमण गर्ने योजनामा विचार भइरहेको दाबी गरेको छ । उत्तर कोरियाका अधिकारीहरुले त्यहाँको समाचार संस्थालाई औपचारिक धारणा दिँदै सो विषयमा गम्भिरताका साथ छलफल भइरहेको बताएका थिए ।



मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबाट अमेरिकालाई कुनै खतरा महसुस भए त्यसको भयानक जवाफ दिइने बताएका थिए ।

यसैबीच अमेरिकी विदेशमन्त्री रेक्स टिलेर्सन ग्वाम पुगेका थिए । ग्वाममा अवतरण गरेर उनले त्यहाँ उत्तर कोरियाबाट कुनै खतरा नरहेको सन्देश दिन खोजेको बताइएको छ । ग्वाममा अमेरिका सैन्य बेस र वायू सेनाका अत्याधुनिक विमानहरु रहेका छन् ।

उता चीनले भने अमेरिका र उत्तर कोरियालाई शान्त रहन आग्रह गरेको छ ।

 

प्रकाशित : श्रावण २५, २०७४ १८:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चीनमा दुई शक्तिशाली भूकम्प, १९ को मृत्यु, २४७ घाइते

राेयटर्स

चीन — पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ । यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।

पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ ।

यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।

यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।

७.० म्यानिच्युडको भूकम्पमा परी कयौं विदेशीसहित २४७ व्यक्ति घाइते भएका छन् । घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

मङ्गलबार साँझ स्थानीय समयानुसार ९:१९ बजे राति आएको यस भूकम्पको केन्द्रविन्दु प्रख्यात पर्यटकीय स्थल जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । त्यहाँबाट ४५ हजार पर्यटकलाई सुरक्षित स्थानमा सारिएको प्रान्तीय सरकारले जनाएको छ ।

सिचुवानमा २००८ मेमा गएको शक्तिशाली भूकम्पमा ७० हजारको ज्यान गएको थियो ।

प्रकाशित : श्रावण २५, २०७४ १७:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT