कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'राष्ट्रकै छवि धमिलिएको छ'

काठमाडौँ — पूर्वपरराष्ट्रमन्त्री एवं कूटनीतिज्ञ भेखबहादुर थापाले भुटानी शरणार्थी समस्या समाधानका लागि आफ्नो कार्यकालमा ४ वटा वर्गिकरणका आधार तय गरेर समाधानको दिशामा गइसकेको तर कार्यान्वयन पक्षमा गएपछि भुटानी पक्षले ल्याएको अप्ठ्यारोका कारण अघि बढ्न नसकिएको बताएका छन् ।

'राष्ट्रकै छवि धमिलिएको छ'

यस समस्यालाई विभिन्न तहबाट समाधानको दिशामा लैजाने कुरा भइरहँदा तेस्रो देशमा बसोबासको विकल्प आएको उनले बताए । तर पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणलाई उनले अनपेक्षित र अकल्पनीय भएको प्रतिक्रिया दिए । साथै यसले राष्ट्रकै छवि धमिल्याएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

थापाले भनेका छन्, 'म परराष्ट्रमन्त्री (सन् २००४) र परराष्ट्र सचिव मधुरमण आचार्य रहेका बेला भुटानी शरणार्थी समस्या समाधानमा ४ वटा वर्गिकरणका आधार तय गरेर समस्या समाधानको दिशामा गइसकेको स्थिति थियो । कार्यान्वयन पक्षमा गएपछि भुटानी पक्षले ल्याएको अप्ठ्यारोपनका कारण अघि बढ्न सकिएन । तर अहिले आएर बढो अप्ठ्यारो कुराहरु बाहिर आएका छन् । यो सोच्दै नसोचेको कुराले देखाएको विकृतिले राष्ट्रकै छवि धमिल्याएको छ । यो कसैको कल्पनामा हुनसक्ने कुरा थिएन । कहाँबाट, कसरी उत्पत्ति भयो ? समयले यसको नतिजा देखाउला नै ।'

भुटानी शरणार्थीको नाममा हाल विकृत रुप लिएको भन्दै यसलाई उनले दुर्भाग्यपूर्ण भनेका छन् । 'जेजति कुरा बाहिर आएको छ, यसलाई हेर्दा चिन्ता व्यक्त गर्ने मात्रै होइन, एकदमै दुःख लाग्ने कुरा छ,' थापाले भने ।

प्रकाशित : जेष्ठ २७, २०८० २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?