कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार प्रधानमन्त्री दाहालले सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको प्रयास भइरहेको बताए ।

सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको छु : प्रधानमन्त्री दाहाल

‘सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।’

प्रकाशित : माघ ५, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?