कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

स्यान्टुलाई एक लाख रूपैयाँको सम्मान

काठमाडौँ — टेबल टेनिस प्रेमी समाजसेवी सुमन खड्गीले शनिबार पेरिस ओलम्पिकमा छनोट हुन सफल खेलाडी स्यान्टु श्रेष्ठलाई एक लाख रुपैयाँसहित व्यक्तिगत रूपमा सम्मान गरेका छन् ।

स्यान्टुलाई एक लाख रूपैयाँको सम्मान

दक्षिण एसियाली ओलम्पिक छनोटको पुरुष एकलमा च्याम्पियन हुँदै स्यान्टु यसै वर्ष हुने पेरिस ओलम्पिको प्रवेश गर्न सफल भएका हुन् ।

नेपाली खेलकुद इतिहासमा स्यान्टु छनोट चरण पार गरेर ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी मात्रै हुन् । यस अगाडि तेक्वान्दोका संगीना बैद्य र दीपक विष्टले यो उपलब्धि चुमेका थिए । अब स्यान्टु थप प्रशिक्षकका लागि आइतबार अस्ट्रेलिया जाँदैछन् । उनले छनोटको तयारी पनि अस्ट्रेलियामा रहेर नै गरेका थिए ।

नेपालमा हुने अधिकांश टेबल टेनिस प्रतियोगितामा प्रायोजक रहँदै आएका खड्गीले एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै स्यान्टुले पेरिसमा अझ राम्रो खेल्ने विश्वास पोखे ।

त्यस अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले स्यान्टुको ओलम्पिक छनोटसँगै नेपाली टेबल टेनिसमा नयाँ इतिहास रचेको बताए । उनले यो छनोटसम्मको यात्रा सबैको सहयोगले मात्र सम्भव भएको पनि बताए ।

प्रकाशित : जेष्ठ १२, २०८१ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?