कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

काठमाडौं भ्यालीलाई बास्केटबल उपाधि

काठमाडौँ — आयोजक काठमाडौं भ्याली कलेज (केभीसी) ले केभीसी एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काठमाडौं भ्यालीलाई बास्केटबल उपाधि

स्युचाटारस्थित घरेलु कोर्टमा भएको फाइनलमा केभीसीले ग्रिनफिल्डलाई ९–५ ले हरायो । विजेतका आकार श्रेष्ठले ८ स्कोर जोडे । आकार मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

विजेतालाई केभीसीका अध्यक्षस्वागत श्रेष्ठ र प्रिन्सिपल संगीता श्रेष्ठले पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ९ ब्वाइज टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेको केभीसीका बास्केटबल प्रशिक्षक रमेश लामाले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८१ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?