कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

आईपीएल २०२४ : पञ्जावलाई हराएपछि गुजरातको स्थितिमा सुधार

एजेन्सी

मुलानपुर — गुजरात टाइटन्सले आईपीएल २०२४ मा आइतबार पञ्जाव किंग्सलाई तीन विकेटले पराजित गरेको छ । यो जितपछि अंक तालिकामा गुजरातको स्थितिमा सुधार आएको छ र उसको आठ अंक भएको छ ।

आईपीएल २०२४ : पञ्जावलाई हराएपछि गुजरातको स्थितिमा सुधार

गुजरात छैटौं स्थानमा छ । पञ्जाव भने चारै अंकमा सीमित छ र नवौं स्थानमा छ । जितका लागि १ सय ४३ रनको लक्ष्य पाएको गुजरातले १९.१ ओभरमा सात विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

त्यस अगाडि ब्याटबाट कमजोर प्रदर्शन गरेको पञ्जावले २० ओभरमा अलआउट हुन अगाडि १ सय ४२ रन मात्र बनाउन सक्यो । गुजरातका बलर साइ किशोरले ३३ रनमा चार विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे ।

प्रकाशित : वैशाख १०, २०८१ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?