कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

एफएकप : कभेन्ट्रीलाई टाइब्रेकरमा हराएर युनाइटेड फाइनलमा

एजेन्सी

लन्डन — म्यानचेस्टर युनाइटेडले कभेन्ट्री सिटीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै आइतबार एफएकपको फाइनल यात्रा तय गरेको छ । वेम्ब्लीमा भएको सेमिफाइनलमा युनाइटेडले निर्धारित समयमा ३–० को अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।

एफएकप : कभेन्ट्रीलाई टाइब्रेकरमा हराएर युनाइटेड फाइनलमा

दोस्रो डिभिजनको च्याम्पियनसिप लिगमा खेल्ने कभेन्ट्रीले दोस्रो हाफमा तीन गोल फर्काएको थियो । पेनाल्टी सुटआउटमा युनाइटेडका लागि रसमम होजल्यान्डले निर्णायक गोल गरे ।

अब फाइनलमा युनाइटेडले छिमेकी म्यानचेस्टर सिटीको सामना गर्नेछ । यो गत वर्षको फाइनलको पुनारावृत्ति पनि हुनेछ ।

प्रकाशित : वैशाख १०, २०८१ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?