कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

जीतपुरसिमरा गोल्डकप : मछिन्द्र उपाधि नजिक

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा मछिन्द्र फुटबल क्लबले शुक्रबार जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटलबको फाइनलमा स्थान बनाएको छ । 

शुक्रबार राति सिमरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई २–० ले हराएर मछिन्द्र उपाधि दाबेदार बनेको हो ।

मछिन्द्रले अब उपाधिका लागि एपीएफ र पुलिसबीच शनिबार हुने विभागीय डर्बी विजेतासँग खेल्नेछ ।

मछिन्द्रको जितमा विमल घर्तीमगर र देवेन्द्र तामाङले गोल गरेका थिए । मछिन्द्रले दुवै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेलको ३० औं मिनटमा विमलको गोलमार्फत मछिन्द्रले अग्रता बनाएको थियो । बक्स बाहिरबाट छिरिङ गुरुङले उपलब्ध गराएको पासलाई विमलले नियन्त्रणमा लिँदै सानदार गोल गर ।

पहिलो हाफको इन्ज्युरी समयमा देवेन्द्रले गोल थप्दै मछिन्द्रको अग्रता दोब्बर पारे । अभिषेक गुरुङको कर्नरमा देवेन्द्रले हेडिङमार्फत गोल गरेका थिए ।

राष्ट्रिय टोलीका अनुभवी खेलाडीहरूसहित मैदान उत्रिएको मछिन्द्रसामु सिरहाका खेलाडी दबाबमा देखिन्थे । पहिलो हाफमा मच्छिन्द्रविरुद्ध आक्रामक खेल खेले पनि मछिन्द्रको अग्रतापछि सिरहाका खेलाडी लयमा देखिएनन् । विमल, मनीष डाँगीजस्ता खेलाडीसहित उत्रिएको मछिन्द्र उच्च मनोबलमा देखिन्थ्यो ।

पहिलो हाफमै अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफ पूर्ण नियन्त्रणमा राखेको थियो । सिरहाले दोस्रो हाफमा आकर्षक अवसर बनाउन सकेन । मछिन्द्र पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको हो ।

म्यान अफ द म्याच मछिन्द्रका विमल घर्तीमगर घोषित भए । उनले शुभारम्भ कलेज म्यान अफ द म्याच ट्रफीसहित १० हजार प्राप्त गरे ।

त्यसअघि शुक्रबार बिहान अघिल्लो दिन तीव्र हावाहुरीका कारण स्थगित क्वाटरफाइनल खेलमा एपीएफ क्लब विजयी भयो ।

एपीएफले फ्रेन्ड्स क्लबविरुद्ध २–० को जित पायो । निर्धारित समयको बाँकी ३२ मिनेटको खेलमा एपीएफ विजयी भएको हो ।

अघिल्लो फ्लडलाइटमा एपीएफ र फ्रेन्डसबीच खेल चलिरहेका बेला हावाहुरी चलेपछि ५८ मिनेटपछिको खेल स्थगित गरी बाँकी समय शुक्रबार खेलाउने निर्णय गरिएको थियो । खेल स्थगित हुँदा गोलविहीन थियो ।

५८ औं मिनेटबाट पुन: सुरु भएको खेलको ७३ औं मिनेटमा एपीएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । अनिश महर्जको पासमा बुद्धिमानले बक्सबाहिरबाटै कडा प्रहार गरेको बल गोलमा परिणत भयो । फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै मौकै पाएनन् ।

१–० ले पछि परेको फ्रेन्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपीएफले अग्रता दोब्बर बनायो । एपीएफका अनिश महर्जनको प्रहार क्लियर गर्न खोज्दा बल अनन्तको खुट्टामा लागेर गोलमा परिणत भयो । खेलको म्यान अफ द म्याच एपीएफका बुद्धिमान राई भए । उनले शुभारम्भ कलेजद्वारा प्रायोजित १० हजारसहित ट्रफी पाए ।


प्रकाशित : वैशाख १, २०८१ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?