कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

आईपीएल २०२४ : पञ्जावमाथि हैदरावादको झिनो अन्तरको जित

एजेन्सी

मुलानपुर — सनराइज हैदरावादले आईपीएल २०२४ मा बुधबार पञ्जाव किंग्समाथि दुई रनको झिनो अन्तरको जित निकालेको छ । हैदरावादको यो लगातार दोस्रो जित हो र यससँगै उसको छ अंक भएको छ ।

आईपीएल २०२४ : पञ्जावमाथि हैदरावादको झिनो अन्तरको जित

पञ्जाव भने चार अंकमै सीमित छ । पहिले ब्याटिङ गरेको हैदरावादले नौ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । त्यसमा ‘प्लेयर अफ द म्याच’ नितिशकुमार रेड्डीले ले ३७ बलमा ६४ रन बनाए । त्यसमा चार चौका र पाँच छक्का सामेल थियो ।

जवाफमा पञ्जावले छ विकेटमा १ सय ८० रन मात्रै बनाउन सक्यो । शशांक सिंहले २५ बलमा नटआउट ४६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन ।

प्रकाशित : चैत्र २८, २०८० ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?