कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को नयाँ तालिका

काठमाडौँ — नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच बिहीबार हुने ट्वान्टी–२० क्रिकेट खेल रद्द भएको छ । अघिल्लो दिनदेखि नै परेको वर्षाले मैदान भिजेका कारण दिउँसो १ बजे सुरु हुने खेल टस हुनुअघि नै रद्द भएको घोषणा गरिएको थियो । 

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को नयाँ तालिका

निर्धारित तालिकाअनुसार आयरल्यान्ड ‘ए’ ले बिहीबार, शुक्रबार र आइतबार गरी तीन ट्वान्टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम थियो । बिहीबार खेल हुन नसकेपछि नेपाल क्रिकेट संघले नयाँ खेलतालिका निकालेको छ । जसअनुरुप अब शुक्रबार, शनिबार र सोमबार गरी तीन ट्वान्टी–२० खेल हुनेछ ।

आयरल्यान्ड ‘ए’ ले त्यसपछि नेपाल ‘ए’ सँग तीन एकदिवसीय खेल खेल्ने कार्यक्रम छ । त्यसअघि दुई दिन विश्राम दिन थियो । तर अब ट्वान्टी–२० पछि १ दिनमात्र विश्राम दिन राखिएको छ । एकदिवसीय शृंखला बुधबार सुरु हुनेछ । शृंखलाका तीन खेल चैत २१, २३ र २५ मा हुनेछ ।

भेट्रान खेलाडी विनोद भण्डारीले ट्वान्टी–२० र एकदिवसीय दुवैमा नेपाल ‘ए’ को कप्तानी गर्नेछन् । आयरल्यान्ड ‘ए’ ले नेपाली राष्ट्रिय टोलीसँग यसअघि नै दुई ट्वान्टी–२० खेलिसकेको छ ।


प्रकाशित : चैत्र १६, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?